काठमाडौं — नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा निहुँ बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नियोजित रूपमा आक्रमण गरिएको आरोप लगाएका छन्।

रिजालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शिक्षामन्त्री भट्टराईले स्वास्थ्यका कारणले राजीनामा दिएको उल्लेख गर्दै त्यसैलाई बहाना बनाएर प्रधानमन्त्रीमाथि लक्षित आक्रमण हुनु दुर्भाग्यपूर्ण र योजनाबद्ध रहेको बताएका छन्।

advertisement

उनले लेखेका छन्, “शिक्षामन्त्री विद्या भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिनुभएको हो भन्ने भनाइ छ ।  जे कारण भए पनि उहाँले पदमा रहन चाहनुभएन । तर, यही बाहानामा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नियोजित आक्रमण गर्नु अस्वीकार्य छ । “

रिजालले समस्याका बीचमा पद छाडेकी मन्त्रीलाई आदर्शको रूपमा चित्रित गर्दै उनलाई मन्त्री बनाउने व्यक्तिलाई नकारात्मक रूपमा चित्रण गर्नु अनुचित भएको उल्लेख गर्दै भनेका छन्, समस्याका घेरामा रहेर पदबाट अलग हुनुभएकी मन्त्रीको देवत्वकरण गर्दै, सबै मिलाएर समाधान खोज्ने प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक हो ।”

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com