काठमाडौं— नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले देशमा व्याप्त निराशा हटाउन सरकारले तत्काल ६ वटा काम गर्नुपर्ने सुझाव दिएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले सरकारलाई शिक्षामन्त्री बनाउनेदेखि विधेयक टुंगो लगाउनेसम्मका काममा तदारुकता देखाउन आग्रह गरेका हुन्।
सरकारलाई पोखरेलको यस्तो छ सुझाव:
- गभर्नर चाँडो नियुक्त गरौं
- निष्पक्ष र क्षमतावान उपकुलपति नियुक्त गरौं
- दीर्घकालीन सोच भएको शिक्षा मन्त्री बनाऔ
- सांसदलाई ३७ करोड रकम नबाँडी प्रतिफल दिने आयोजनका लागि बजेट छुट्टाउँ
- शिक्षक, डाक्टर , सहकारी पीडितको आन्दोलन संवाद र सहमतिमा टुंगो लगाऔं
- थाती विधेयक टुगांऔ
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया