काठमाडौं — नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादी प्रवृत्तिका कारण प्रतिगमनकारी शक्तिहरू फेरि सक्रिय बन्दै गएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो प्रवृत्तिलाई पराजित गर्न सबै वामपन्थी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

advertisement

श्रेष्ठले सत्ता मोह, भ्रष्टाचार र निरंकुश प्रवृत्तिले यथास्थितिवादलाई मलजल दिइरहेको भन्दै सरकार स्वयं यथास्थितिवादको वाहक बनेको आरोप लगाए। उनले प्रतिगमन विरुद्धको संघर्ष सफल पार्न सरकारको यथास्थितिवादी चरित्रसँग पनि जुध्नुपर्ने आवश्यकता औँल्याए।

उनले वामपन्थी पार्टीहरूबीच एकता र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउँदै कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । श्रेष्ठले सामाजिक–आर्थिक रूपान्तरणलाई संविधानको प्रभावकारी कार्यान्वयनमार्फत प्राथमिकता दिनु आजको मुख्य कार्यभार भएको उल्लेख गरे।

उनले भने, “हामीले संघर्ष गरेर ल्याएको संविधान र जनताको अधिकारलाई संस्थागत गर्दै शान्तिपूर्ण बाटोबाट समाजवादउन्मुख समृद्धिको यात्रालाई निरन्तरता दिनुपर्छ। त्यसका लागि सडक, सदन र सरकार—तीनै मोर्चाको संयोजन आवश्यक छ।”

प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com