काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै सक्रिय ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीमाथि लगाइएको नजरबन्द हटाइएको छ।
चैत १५ गते राजधानीको तीनकुनेमा राजसंस्थाको समर्थनमा गरिएको प्रदर्शन उग्र भएपछि सुवेदीलाई घरमै निगरानीमा राखिएको थियो। करिब एक महिनासम्म प्रहरीको कडा निगरानीमा रहेका सुवेदी अब भने पुनः स्वतन्त्र रूपमा समितिका गतिविधिमा संलग्न हुन पाउने भएका छन्।
मंगलबार एक विज्ञप्ति जारी गर्दै सुवेदीले प्रहरीको निगरानी आजदेखि हटेको जानकारी दिएका छन्। विज्ञप्तिमा उनले भनेका छन्, “चैत १५ गतेदेखि म चौबीसै घण्टा प्रहरीको निगरानीमा थिएँ। आजबाट त्यो हटिसकेको छ र म पुनः समितिको नियमित कार्यमा फर्किएको छु।”
नजरबन्दको अवधिभर आफूप्रति साथ, सद्भाव र सहानुभूति प्रकट गर्ने सबैप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया