काठमाडौं नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले पदबाट राजीनामा दिएका छन्।
गभर्नर छनोट प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै भट्टराईले समितिबाट अलग हुने निर्णय गरेका हुन्। सरकारद्वारा गठित तीन सदस्यीय सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेका छन् भने सदस्यमा डा. विश्वनाथ पौडेल र विजयनाथ भट्टराई थिए।
अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार भट्टराई गभर्नर छनोट प्रक्रियामा समावेश हुन नपाएको र समितिको बैठकहरूमा उपस्थित हुन नसकेको कारण देखाउँदै समितिमा बस्न असहज महसुस भएको उल्लेख गर्दै राजीनामा दिएका हुन्।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार













प्रतिक्रिया