काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको एक भीषण आतंकवादी आक्रमणमा परी रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको छ। उक्त जानकारी नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले दिएका हुन्।

नेपालमै इन्जिनियरिङ अध्ययनरत सुदीप बिदाको अवसरमा आमा–बुबासँग घुम्न गएका बेला उनी आतंकवादीको गोलीको निशाना बनेका हुन्। मन्त्री लेखकका अनुसार उनी पहलगामको बैसारन क्षेत्रमा आक्रमणको शिकार बने।

advertisement

मंगलबार भएको यस आतङ्कवादी आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। कश्मीरको प्रमुख पर्यटकीय क्षेत्र पहलगामबाट करिब ६ किलोमिटर टाढा रहेको बैसारनमा आक्रमण भएको हो।

स्थानीय समाचार संस्था दैनिक भाष्करको रिपोर्ट अनुसार, आतंकवादीहरुले पर्यटकहरुलाई नियन्त्रणमा लिएर नाम सोधी–सोधी गोली प्रहार गरेका थिए। यस घटनामा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) का नागरिकसहित भारतका गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक मारिएको पुष्टि गरिएको छ।

यो दु:खद घटनाले नेपाली समुदायमा शोक र आक्रोशको वातावरण सृजना भएको छ।

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com