काठमाडौं ।अब शनिबार र सार्वजनिक बिदा बोहकका सबै दिन संसद् सञ्चालन हुने भएको छ।
बुधबार बसेको प्रमुख सचेतकहरूको बैठकमा सभामुख देवराज घिमिरेले आगामी बजेट, सरकारको नीति तथा कार्यक्रम, पूर्वबजेट छलफल र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विषयहरूको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका दिनहरूमा पनि संसद् चलाउने प्रस्ताव राखेका थिए। सभामुखको उक्त प्रस्ताव बैठकले अनुमोदन गरेको बताइएको छ।
सभामुख घिमिरेले भने, “संसद्ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार पूर्वबजेट छलफल र बजेट पारित गर्ने काम समयमै गर्नुपर्छ। साथै, विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नु संसदको जिम्मेवारी हो। शिक्षकहरूले पनि यो ऐन बिना अघि नबढ्ने स्पष्ट अभिव्यक्ति दिएका छन्।”
यो निर्णयले संसद्को काम कारवाहीलाई प्रभावकारी बनाउन र समय अभावका कारण देखिने अवरोधलाई कम गर्न मद्दत गर्ने विश्वास लिइएको छ।
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार












प्रतिक्रिया