काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको दाबीसहितको अपुष्ट समाचार लेख्ने नेपाली पेन अनलाइन’ का सम्पादक÷प्रकाशकलाई बयान गराउने आदेश भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासले बुधबार समाचारका सम्बन्धमा बयानमा बोलाउने आदेश गरेको हो ।
उक्त अनलाइनको सम्पादक दीपेश केसी रहेका छन् ।सोमबार ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा उक्त अनलाइनमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रसँग भेटघाट गरेको दाबी गरिएको थियो ।
सर्वोच्च अदालतको प्रशासनले मंगलबार नै अनलाइनलाई सम्पर्क गर्दै प्रमाण पठाउन अनुरोध गरेको थियो । यद्यपि हालसम्म उक्त मिडियाले कुनै प्रमाण अदालतसमक्ष पेस गर्न सकेको छैन । समाचार भने वेबसाइटबाट हटाइएको छ ।
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार













प्रतिक्रिया