काठमाडौं – शर्मिला वाइबामाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर घर भइ हाल काठमाडौं बसोबास गर्ने ३५ वर्षीया शर्मिला श्रेष्ठ (राई) र भक्तपुरका ४२ वर्षीय कुवेर सिलवाल (उर्फ बाबु) रहेका छन्।
गत वैशाख ३ गते गोठाटारस्थित पहेँलो पुल नजिकको मन्दिर अगाडि वाइबामाथि फलामको रड प्रहार गरी घाइते बनाइएको थियो। यस घटनालाई ज्यान मार्ने उद्योग अन्तर्गत कसुर ठहर गर्दै पीडित पक्षले प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएको थियो। जाहेरीमा नाम उल्लेख गरिएका दुवै अभियुक्त फरार रहेका थिए।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर खोजी जारी राखेकोमा आज उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। हाल दुवै अभियुक्तलाई प्रहरी वृत्त बानेश्वरमा राखी थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार













प्रतिक्रिया