काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बर्खास्त गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङको नाम अझै मन्त्रालयको वेबसाइटमा कायम देखिएको छ।

प्रधानमन्त्री ओलीले तामाङलाई सरकारको निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्दै सरकारभित्रै बसेर विरोध गरेको आरोप लगाउँदै पदबाट हटाएका थिए। बर्खास्तीको निर्णयसँगै राष्ट्रपति कार्यालयले नयाँ मन्त्रिपरिषद् पुनर्गठनको विवरण पनि सार्वजनिक गरिसकेको छ ।

advertisement

तर, ऊर्जा मन्त्रालयले भने राज्यमन्त्रीको बर्खास्ती निर्णयको सूचना समयमै अद्यावधिक गर्न सकेको छैन । बर्खास्त भएको १६ घण्टा बितिसक्दा पनि मन्त्रालयको वेबसाइटमा तामाङ ऊर्जा राज्यमन्त्रीका रूपमा देखिइरहेका छन् ।

यसले सरकारी वेबसाइटको सूचना व्यवस्थापन र अद्यावधिक प्रक्रियामा लापरबाही भएको देखाउँछ ।

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com