काठमाडौं । चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ ।

ढुंगेअड्डा पिपलबोटस्थित सडकमा बा. प्र.०३–०१–००५ ख ९७८६ नम्बरको बसमा आगलागी भएको हो । उक्त बस कलंकीबाट थानकोटतर्फ जाँदै थियो । बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

advertisement

पाँचपोखरी यातायातको सार्वजनिक बसमा आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाबाट दकमल मगाएर नियन्त्रणमा लिइएको बोहराले बताए । १ बजे लागेको आगो १ः२० मै नियन्त्रणमा लिइएको थियो । बस जलेर पूर्ण रुपमा क्षति भए पनि मानवीय क्षति भने हुन पाएन

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com