काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार जनताको अपेक्षाअनुसार काम गर्न असफल भएको बताएका छन्।
लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले देखाएको भरोसा सरकार पूरा गर्न नसक्दा देशभर नै असन्तुष्टि बढेको उल्लेख गरे।
महामन्त्री थापाले आफू निराशा फैलाउन खोजेको नभई यथार्थ उजागर गर्न खोजेको स्पष्ट पार्दै वर्तमान प्रमुख दलका शीर्ष नेताहरूप्रति जनविश्वास कमजोर भइसकेको दाबी गरे। उनका अनुसार, पार्टीभित्र कानुनी प्रक्रिया पुर्याएर नेतृत्वमा पुगेका भए पनि आम नागरिकको भरोसा गुमाइसकेकाले ती नेताहरूलाई अब नैतिक रूपमा वैध मान्न सकिने अवस्था छैन।
उनले लोकतन्त्र बलियो बनाउने चाहना राख्दै जनभावनाअनुसार काम नगर्ने नेतृत्वले देशलाई सही दिशामा लैजान नसक्ने चेतावनीसमेत दिए।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया