काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्किन सर्वोच्च अदालतले तीन दिनको समय दिएको छ।
न्यायाधीश नहकुल सुवेदीको इजलासले बिहीबार जारी गरेको अन्तरिम आदेशमा, शिक्षकहरूको उचित र संविधानसम्मत मागहरू सम्बोधन गर्न सरकारलाई निर्देशन दिँदै, आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्केर नियमित कक्षा सञ्चालन गर्न आदेश दिएको छ।
आदेशमा भनिएको छ, “शिक्षकहरूको जायज र संविधानसम्मत मागहरूको तत्काल सम्बोधनका लागि सम्बन्धित निकायहरूले आवश्यक निर्णय गरी, तीन दिनभित्र शिक्षकहरू विद्यालय फर्कनु र पठनपाठनको वातावरण सुनिश्चित गर्नुपर्छ।”
शिक्षकहरूको लामो आन्दोलनले विद्यार्थीहरूको भविष्य अन्यौलमा परेको भन्दै अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यस रिटमाथि सुनुवाइ गर्दै अदालतले सो आदेश जारी गरेको हो।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया