काठमाडौं — नेकपा एमालेका नेता तथा बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले लोकतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जालमा एउटा भ्रामक फोटो पोस्ट गरेका छन्। जुन वास्तवमा एमालेको होइन, राजावादीहरुको कार्यक्रममा खिचिएको थियो।
भृकुटीमण्डपमा बिहीबार आयोजित एमालेको युवा महोत्सवमा ठूलो भिड भएको भन्दै भट्टराईले ‘जनसागर उर्लियो’ शीर्षकसहित फेसबुकमा फोटो पोस्ट गरेका थिए। तर, उनले प्रयोग गरेको तस्वीर यही चैत २५ गतेको थियो, जुन दिन पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादी समर्थकहरुले निकालेको जुलुसको दृश्य हो।
उक्त फोटोमा पूर्वराजा पोखराबाट फर्किएपछि तिलगंगातर्फ बढिरहेको राजावादीको जुलुस स्पष्ट देखिन्छ। भट्टराईले यो राजावादी समर्थकको फोटो हालेर एमाले कार्यक्रममा देखिएको भीडको दाबी गरेका थिए।
तर सामाजिक सञ्जालमा आलोचना भएपछि उनले सो स्टाटस केही समयमै हटाएका छन्।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया