धनुषा । धनुषा जिल्लाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टीमा विष सेवनको दुखद घटनामा तीन सन्तानको ज्यान गएपछि उपचाररत आमा पविताकुमारी साहको पनि निधन भएको छ।

३० वर्षीया पविताकुमारी साहको आज बिहान जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा निधन भएको धनुषा प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार, साहको बिहान ९:४५ बजे मृत्यु भएको हो।

advertisement

विष सेवनपछि गम्भीर अवस्थामा रहेकी साहलाई अस्पतालमा भर्ना गरिएको थियो। यस घटनाले स्थानीय क्षेत्र शोकमा डुबेको छ।

 

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com