काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनमा धारणा राख्दै प्रमुख सचेतक घिमिरेले भने, ‘सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा पार्ने प्रयास भइरहेको छ ।’
उनले पूर्वाधार गाउँ गाउँमा पुगे, मानिस खोज्न सहरमा पुग्नुपर्ने बाध्यता सृजना भएको बताए । यो अवस्था घटाउनका लागि ठोस कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
व्यवस्था परिवर्तन भएको २० वर्षमा व्यवस्थासँगै अवस्था पनि परिवर्तन भएको बताए ।
उनले केहीले मुलुकमा अशान्ति मच्चाउन विभिन्न भाष्य निर्माण गर्न लागिरहेको बताए ।
‘केही अशान्तितर्फ धकेल्दै मुलुकलाई पुरानो अवस्थामा फर्काउन लागिरहेका छन् । अशान्ति मच्चाउने तत्त्वले एक किसिमको भाष्य निर्माण गरिरहेका छन्,’ घिमिरेले भने ।
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया