काठमाडौं । सत्तारूढ नेकपा एमालेले देशमा अराजकता र अस्थिरता फैलाउन खोज्ने शक्तिहरू सक्रिय रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। प्रतिनिधिसभाको आजदेखि सुरु भएको बजेट अधिवेशनमा एमालेका तर्फबाट धारणा राख्दै सांसद गोकर्णराज विष्टले यस्ता प्रयासहरूलाई संविधान र कानुनको दायरामा रही समाधान गरिने बताए।

सांसद विष्टले भने, “अराजकता र अस्थिरता चाहने शक्तिहरू नेपाली समाजलाई अस्थिर बनाउने प्रयासमा छन्। तर, तिनलाई संविधान र कानुनी प्रक्रियाबाट समाधान गर्दै लोकतान्त्रिक व्यवस्था र संसदीय मर्यादालाई अझ मजबुत बनाउन सकिन्छ। सरकारले त्यसैअनुसार कदम चाल्नुपर्छ।”

advertisement

उनले मुलुकमा देखिएका विभिन्न प्रकारका संकटहरूको समाधान पनि लोकतान्त्रिक प्रणालीबाटै खोजिनुपर्नेमा जोड दिए। गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको हिंसात्मक प्रदर्शनप्रति संकेत गर्दै उनले मुलुकमा उत्पन्न समस्या वर्तमान संवैधानिक व्यवस्थाभित्रै समाधान गरिने स्पष्ट पारे।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com