काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपको मातृ संस्था) नेपालमा ७ दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले मेटालाई पटक–पटक दर्ताको लागि आग्रह गरिए पनि बेवास्ता गरिएको बताए। “ तेस्रो पटक पठाइएको सूचनाको म्याद केही दिनअघि सकिएको छ,” उनले भने, “अबको सात दिनभित्र मेटाले नेपालमा दर्ता नगरेमा सरकारले प्रतिबन्ध लगाउनेछ।”
मन्त्री गुरुङका अनुसार नेपालबाट प्रत्येक पल मेटाको कार्यालयमा ठूलो मात्रामा पैसा बगिरहेको छ, तर कम्पनीले नेपालमा दर्ता भएर कर तिर्नु नपर्ने ठानेको छ। “मेटाको आम्दानी नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) भन्दा धेरै छ भनेर घमण्ड गर्न मिल्दैन,” उनले भने, “देशको स्वाधीनता पैसामा किनबेच गर्न मिल्दैन।”
उनले हालसम्म नेपालमा टिकटक, भाइबर र वी–टक मात्र कानुनी रूपमा दर्ता भएको जानकारी पनि दिए।
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया