काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसदमा उठाएको छ । माओवादी नेता वर्षमान पुनले पार्टीका तर्फबाट धारणा राख्दै १० महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकोमा आपत्ति जनाएका हुन् ।

यसले सुशासनको धज्जी उडाएको उनले बताए । ‘सरकार निर्माण भएको १० महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक भएको छैन । कति सम्पत्ति आर्जन गरेपछि सार्वजनिक गर्ने योजना बनाउनु भएको छ, कृपया जानकारी गराइदिनुहोला,’ पुनले भने।

advertisement

 

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com