काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेस भएको छ । थापाले बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा सर्वोच्च अलादतले ‘डिल’ गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ भन्ने अभिव्यक्ति दिएका थिए ।

यसैलाई आधार मानेर अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले कारबाहीको माग गर्दै आज (शुक्रबार) निवेदन पेस गरेका हुन् । सर्वोच्च अदालतका एक अधिकारीले निवेदन दर्ता हुने या नहुनेबारे आइतबारमात्रै टुंगो लाग्ने बताए ।

advertisement

यस्तो थियो थापाको अभिव्यक्ति
थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए।बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भनेका थिए, ‘अहिले सम्मानीत अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई दुई–तीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई–नभ्याई भन्छ। कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ ।’

थापाले विवादित संवैधानिक नियुक्ति भएका आयोगका पदाधिकारीको कार्यावधि सकिन लागे पनि अल्झाएर राखेकोमा आपत्ति जनाएका थिए । ‘एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरूको कार्यावधि सकिन लागिसक्यो । अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतलाई चाहिँ चार वर्ष समय लाग्छ ?’ उनले भनेका थिए, ‘त्यो पनि आइतबार हेरौं, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल ग¥यो अब त्यसको विश्वसनीयता के रहन्छ ?’

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com