काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले अन्तर्राष्ट्रिय सर्वहारा वर्गसमेतले आफ्नो पार्टीप्रति ठूलो आशा राखेको बताएका छन्। राजधानीमा सम्पन्न सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सापकोटाले पार्टीले भूमण्डल नै थर्काउने खालका विचार र कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।

उनले ठोस परिस्थितिको गहिरो विश्लेषण गर्दै रणनीति तय गर्नुपर्ने आवश्यकता औंल्याए।
“हालको सरकार अन्त्यतिर उन्मुख छ। अब सिंगो राष्ट्रको नेतृत्व हाम्रो पार्टीले गर्नु पर्ने आवश्यकता छ,” पूर्वसभामुख समेत रहेका सापकोटाले भने, “अन्तर्राष्ट्रिय सर्वहारा वर्गको विश्वास पनि आज हामीमाथि केन्द्रित छ। अब हामीले विश्व नै कम्पन गर्ने खालको अभियान अघि बढाउनुपर्छ।”

advertisement

सापकोटाले माओवादी केन्द्र अहिले जनताबीच लोकप्रिय भएको दाबी गर्दै, वर्तमान सरकार संवैधानिक नैतिकताको विरुद्धमा बनेको बताए।
“संविधानको मर्म र नैतिकताको प्रतिकूल रुपमा बनेको सरकारको कुनै औचित्य छैन,” उनले प्रस्ट पारे।

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com