काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले मेटालाई ७ दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिएर समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनमा भएका उल्जनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताए ।

उनले मेटा नेपालमा दर्ता हुनुपर्ने बताए । तर, सरकारले धम्की दिएर होइन, समाधानको बाटो खोजेर मेटालाई नेपालमा दर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । केही दिन अघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा ७ दिनभित्र नेपालमा दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए

advertisement

प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com