काठमाडौं —नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन्।

कांग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौंमा सोमबार गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘सरकार भनेपछि बस्नका लागि मात्र भएर हुँदैन, सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ। रिजल्ट चाहिन्छ। हामी त रिजल्टमा काम गर्न चाहन्छौं।’

अहिले एमालेसहित दलहरूसँग कांग्रेस पनि सरकारमा रहेको उल्लेख गर्दै महामन्त्री थापाले यो समीकरणलाई निरन्तरता दिइने पनि बताए।

‘हामी अहिले नेकपा (एमाले) सँग सरकारमा छौं, कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ- हामी तलमाथि कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौं, यसलाई सहज ढंगबाट अघि बढाउँछौं, तर यो समयको हामी प्रयोग गर्न चाहन्छौं,’ उनले भने।

प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com