काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले शिक्षकका मागबारे सरकार लगातार छलफलमा रहेको बताएका छन् ।

उनले शिक्षकका मागबारे दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलका निम्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई आग्रह गरिए पनि नेपाल शिक्षक महासंघका पदाधिकारीसितको वार्ताका कारण नभ्याएको बताए ।

advertisement

“आज पनि लगातार वार्तामा रहेको, सिंगो सदनमा उठिरहेको विषयको समाधानको प्रक्रियामा सरकार लागिरहेको सूचना पाएका छौँ । सरकार अनुदार बनेको देखिँदैन,” उनले मंगलबार प्रतिनिधिसभा बैठकमा भने ।

बर्तौलाले आज बेलुकासम्म समस्या समाधान भएर शिक्षक नियमति शैक्षिक गतिविधिमा जान सक्ने पनि बताए ।

प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com