काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध दायर गरिएको अदालतको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ आज सम्पन्न भएको छ।

सर्वोच्च अदालतका कार्यवाहक प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ गरिएको हो। निवेदक पक्षबाट अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले बहस प्रस्तुत गरेका थिए।

advertisement

उनीहरूले आइतबार सर्वोच्च अदालतमा थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए।

महामन्त्री थापाले विगत बिहीबार एक सार्वजनिक अभिव्यक्तिमा, संवैधानिक आयोगका पदाधिकारीहरूको कार्यकाल सकिन लाग्दासमेत ५२ वटा संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाहरूमा सर्वोच्च अदालतले निर्णय नगरी “डिल” गरिरहेको टिप्पणी गरेका थिए। यही अभिव्यक्तिलाई लिएर उनीमाथि अदालतको अवहेलना मुद्दा दायर गरिएको हो।

प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com