काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा विद्यमान लोकतान्त्रिक व्यवस्थालाई उल्ट्याएर राजतन्त्र पुनःस्थापित गर्ने कुनै पनि प्रयासको समर्थनमा नरहेको स्पष्ट पारेका छन्।

भारत भ्रमण सकेर मंगलबार नेपाल फर्किएका डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भारत सरकार नेपालको राजनीतिक संरचनामा हस्तक्षेप गर्ने पक्षमा नरहेको बताएका हुन्।

advertisement

उनका अनुसार, भारतमा केही नागरिक तहका व्यक्तिहरूले नेपालको व्यवस्थाप्रति जिज्ञासा र चासो देखाए पनि भारत सरकार तथा त्यहाँका मुख्य राजनीतिक शक्तिहरू प्रतिगामी धारणा र क्रियाकलापप्रति उदासीन छन्।

“भारतमा विभिन्न आन्दोलनको सन्दर्भमा केही शंका–उपशंका देखिए पनि त्यहाँको सरकार तथा प्रमुख राजनीतिक शक्तिहरू कुनै पनि प्रतिगामी धारणा उक्साउने मनसायमा छैनन्,” उनले प्रस्ट्याए।

डा. भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाविरुद्ध झूटको आधारमा भ्रम फैलाउने र त्यसमार्फत राजतन्त्रको पक्षमा माहोल बनाउन खोज्ने तत्वहरू सक्रिय रहेको भन्दै आलोचना गरे । त्यस्ता गतिविधिहरूले देशको हित नगर्ने र अन्ततः सबैको लागि हानिकारक हुने उनको भनाइ छ।

 

प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com