काठमाडौं । पाकिस्तानले भारतले आगामी ३६ घण्टाभित्र आक्रमण गर्ने विश्वसनीय सूचना आफूहरूले प्राप्त गरेको दाबी गरेको छ।

भारतले हालै जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै आएको छ। यही आरोपको आधारमा भारतले सैन्य कारबाहीको तयारी गरिरहेको सूचना आफूहरूसँग रहेको पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले बताएका छन्।

मन्त्री तरारले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भने, “आधारहीन र बनावटी आरोपलाई बहाना बनाउँदै भारतले पाकिस्तानमाथि २४ देखि ३६ घण्टाभित्र सैन्य आक्रमण गर्ने योजना बनाएको विश्वसनीय गुप्तचर जानकारी हामीसँग छ।”

यद्यपि मन्त्री तरारले उक्त दाबीको पुष्टि हुने कुनै प्रमाण वा थप विवरण भने सार्वजनिक गरेका छैनन्।

 

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com