काठमाडौं । राजधानीको नाचघरमा बुधबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको सम्भावना समाप्त भइसकेको बताएका हुन्। उनले भने, “तानाशाहीको भूत बेला–बेलामा देखापर्छ, तर भूतप्रेत कहिल्यै फर्केर आउन सक्दैन। आजको युग प्रजातन्त्रको हो, जुन जनताको अधिकारमा आधारित छ।”

प्रधानमन्त्री ओलीले केही व्यक्तिहरू अझै पनि राजतन्त्र फर्काउने सपना देखिरहेको भन्दै व्यङ्ग्य गरे। “साना–साना झुन्डले ठूला स्वरमा कराउँछन्, तर त्यो व्यवहार आजको समयसँग मेल खान्न,” उनले थपे।
‘तानाशाहीका प्रेत घरीघरी तर्साउन आइराख्न खोज्छन् । प्रेत कहिल्यै फर्केर आउन सक्दैन । भूतप्रेत भनेको यही हो’, उनले भने, ‘विवाह पनि यिनीहरूले भनेजस्तै गर्नुपर्ने ? लभ गर्न पनि नपाइने भयो कि क्या हो ! तानाशाही बहिस्कार गर्नेको झुन्ड सानो छ । तर ठुलो स्वरले कराउँछन् । तर आजको युगमा सम्भव छैन ।’

advertisement

कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तद्वारा पूर्व युवराज हृदयन्द्र शाहप्रति गरिएको टिप्पणीलाई लिएर फिल्म बहिष्कार गर्ने प्रवृत्तिप्रति पनि ओलीले आलोचना गरे। उनले भने, “लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्ने मानसिकता अहिले पनि बाँकी छ। कलाकारको अभिव्यक्तिका कारण फिल्म बहिष्कार गर्नु तानाशाही सोचको परिणाम हो।”

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com