काठमाडौं  — अहिले हुने तय भएको ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाकोको सपथ ग्रहण स्थगित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले आज विहान दश बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्री गर्बुजाको सपथ ग्रहण कार्यक्रम स्थगित भएको जानकारी दिए।

advertisement

संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले समय अभावका कारण मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको सपथ कार्यक्रम स्थगित भएको जानकारी दिए। ‘

अस्ति बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेको हुनाले र समय अभावले आजको मन्त्रिपरिषद बैठक र ऊर्जा राज्यमन्त्रीको सपथ कार्यक्रम स्थगित भएको हो,’ मन्त्री गुरुङले डिसी नेपालसँग भने।

बिहीबार ऊर्जाराज्य मन्त्रीका नियुक्ति सरकारले गरेको थियो। उनको आज १० बजे शपथ ग्रहण गर्ने तय भएको थियो।

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com