काठमाडौं । गृहमन्त्री रमेश लेखकले हालको राजनीतिक व्यवस्थाले जनतालाई राज्यको केन्द्रमा राखेर काम गर्ने आधार तयार पारेको बताएका छन्। धादिङमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्र र संघीयताको स्थापनापछि अपेक्षितरूपमा परिवर्तन नभए पनि देश विकासको बाटोमा अगाडि बढिरहेको धारणा व्यक्त गरे।

उनका अनुसार, “हामीले कल्पना गरेजस्तो रूपान्तरण नदेखिए पनि विकासले गति लिएको छ। आज विकट गाउँसम्म सडक पुगेका छन्, जनता स्थानीय सरकारसँग प्रत्यक्ष सम्पर्कमा आएका छन्। पत्रकारहरु स्वतन्त्र रूपमा लेख्न र बोल्न पाएका छन्, जनताले आफ्ना भावना खुला रूपमा अभिव्यक्त गर्न पाएका छन्। आलोचना र समर्थन दुवै हुनसक्ने यो लोकतन्त्रकै विशेषता हो।”

advertisement

गृहमन्त्री लेखकले वर्तमान व्यवस्थाको सुरक्षा र सुदृढीकरण अपरिहार्य रहेकोमा जोड दिए। उनले भने, “अहिलेको शासन प्रणाली जनतालाई सर्वोच्च स्थानमा राखेर सेवा प्रवाह गर्नेतर्फ केन्द्रित छ। हामी सबै जनताको सेवक हो भन्ने भावनाका साथ कार्य गर्न आवश्यक छ।”

उनले सुरक्षाकर्मीहरूलाई समाजमा शान्ति र सुरक्षा कायम गर्न, अपराध नियन्त्रणमा ध्यान केन्द्रित गर्न, र प्राकृतिक विपद्का जोखिम न्यूनीकरणमा सक्रिय रहन निर्देशन पनि दिए।

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com