काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे संसदमा हुने छलफलमा प्रभावकारी सहभागिता जनाउने उद्देश्यले बैठक आह्वान गरिएको हो।

advertisement

सरकारी नीति तथा कार्यक्रममाथि संसदमा आगामी सोमबारदेखि लगातार छलफल सञ्चालन हुने कार्यतालिका रहेको छ। यसै सन्दर्भमा पार्टीको धारणा निर्माण तथा रणनीति तय गर्न कांग्रेसले बैठक डाकेको हो।

प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com