काठमाडौं ।   नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन् ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार ढिलाइ गरिरहेको भनेर पनि प्रश्न उठाए ।

advertisement

चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो । सरकार अहिलेसम्म के हेरेर बसेको छ ?’ उनले प्रश्न गरे, ‘सरकारले किन ढिलासुस्ती गरेको हो ?’

पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउन उनले पुनः आग्रह गरे । गत १५ चैतमा तीनकुनेमा निर्णायक आन्दोलन भनेर राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । हिंसात्मक भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com