काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको अनियमितता विषयक छलफल प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सुरु भएको छ। केहीबेरअघि सुरु भएको समितिको बैठकमा विमानस्थलसम्बन्धी विषयमा गहन छलफल जारी छ।
आजको बैठकमा लेखा समितिको २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थलको स्थलगत अध्ययनपछि तयार पारिएको उपसमितिको प्रतिवेदनमाथि विस्तृत समीक्षा भइरहेको छ।
साथै, बैठकमा प्राप्त उजुरी र बेरुजु प्रकरणहरूको प्रगतिबारे समेत चर्चा गरिने कार्यसूची रहेको जनाइएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार













प्रतिक्रिया