काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले केपी ओली नेतृत्वको सरकारको कारणले देश सङ्कटतिर गइरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै यो सरकार जनताका लागि नभई भ्रष्टाचार र तस्करहरूको लागि बनेको दाबी गरे।
उनले भने, ‘यो सरकार बिचौलिया, भ्रष्टाचारी र तस्करहरूको लागि बनेको सरकार हो, यसले उसैको हित गर्छ। आज त्यो व्यवहारतः पुष्टि भएको छ। सरकारको काम र परिणामले त्यो देखाएको छ। यसको प्रमाण हिजो प्रचण्ड प्रधानमन्त्री हुँदा निदाउन नपाएका भ्रष्टाचार, बिचौलिया, कमिसन खोरी र तस्करहरू अहिलेको सरकारको गतिविधिले आरामसँग खुसीका साथ निदाइरहेका छन्।’
उनले सरकारमा रहेकाहरूले देशलाई सङ्कटको भुमरीमा लैजान खोजेको आशंका गरे।
प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार













प्रतिक्रिया