काठमाडौं । पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग बयान लिएको छ।

विश्वस्त स्रोतका अनुसार आयोगले केही समयअघि नेपालसँग सो प्रकरणमा बयान संकलन गरेको हो। “पतञ्जलीसँग सम्बन्धित जग्गा विवादबारे केही समयअगाडि उहाँको बयान लिइएको हो,” स्रोतले जानकारी दियो।

advertisement

काभ्रेपलाञ्चोकस्थित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको नाममा रहेको हदबन्दी छुटको जमिन किनबेच गरिएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको हो।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत उक्त प्रकरणमा छानबिन थालेको थियो। तर अख्तियारले औपचारिक रूपमा अनुसन्धान थाल्नासाथ दोहोरो प्रक्रिया नहोस् भन्ने कारण देखाउँदै सीआईबीले आफ्ना अनुसन्धान कार्य स्थगित गरेको थियो।

 

प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com