पोखरा । पोखरा महानगरपालिका–१७ निवासी ऋषिराम बरालले आफ्नी श्रीमती देवीमाया पराजुलीको हत्या गरेपछि आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार, बरालकी दुई जना श्रीमती रहेका थिए भने उनी कान्छी श्रीमतीसँग बस्दै आएका थिए। यही बीचमा घरायसी विवाद चर्किएपछि उनले देवीमायामाथि प्राणघातक हमला गरेका थिए।

advertisement

घटनाको प्रारम्भिक अनुसन्धानबाट हत्या र आत्महत्याको शृङ्खला घरेलु विवादकै कारण भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com