काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बैठक हाल चलिरहेको छ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल, तथा प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको छ।
भारत र पाकिस्तानबीच चर्किंदै गएको तनावको पृष्ठभूमिमा नेपालले अपनाउनुपर्ने रणनीति र त्यस सम्बन्धी तयारीबारे बैठकमा गहन छलफल भइरहेको जनाइएको छ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार












प्रतिक्रिया