काठमाडौं — पाकिस्तानी सेनाको आक्रमणबाट भारतीय सेनाका लान्स नायक दिनेश कुमार मारिएका छन्। उनी भारतीय सेनाको ५ फील्ड रेजिमेन्टमा कार्यरत थिए। भारतीय सेनाले लान्स नायक कुमारको मे ७ मा भएको गोलाबारीमा मृत्यु भएको पुष्टि गरेको हो।

भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटले एक्स (पूर्व ट्विटर) मा लेखेको छ, “५ फील्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारले मे ७ मा पाकिस्तानी सेनाको अन्धाधुन्ध गोलाबारीको क्रममा वीरगति प्राप्त गरे।”

advertisement

यस घटनाको पृष्ठभूमिमा केही दिनअघि कश्मिरको पहलगाम क्षेत्रमा भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो। त्यसको जवाफी कारबाहीस्वरूप भारतले मंगलबार रातिदेखि पाकिस्तानको भूमिमै हवाई हमला सुरु गरेको थियो।

भारतीय हवाई आक्रमणबाट पाकिस्तानले ३१ जनाको मृत्यु र ५७ जना घाइते भएको जानकारी दिएको छ। भारतले पाकिस्तान नियन्त्रित कश्मिरका ५ र पाकिस्तानको मूल भूमिका ४ गरी ९ स्थानमा हवाई आक्रमण गरेको बताइएको छ।

यीमध्ये बहावलपुरमा गरिएको हमलामा आतंकी संगठन जैश-ए-मोहम्मदका कमाण्डर मसूद अजहरको परिवारका १० सदस्य मारिएको पुष्टि सोही संगठनले गरेको छ।

‘अपरेसन सिन्दूर’  नाम दिइएको भारतको यो कारबाहीपछि सीमा क्षेत्रमा दुवैतर्फबाट गोलीबारी तीव्र भएको छ। स्थिति भयावह बनेपछि सयौं स्थानीय बासिन्दा भूमिगत बंकरहरूमा शरण लिन वा सुरक्षित स्थानमा विस्थापित हुन बाध्य भएका छन्। आक्रमणका कारण घर, गाडी, धार्मिक स्थललगायतका संरचनामा व्यापक क्षति पुगेको छ।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com