काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद मिना तामाङले भारत–पाकिस्तान युद्धको सम्भावित अवस्थामा गोरखा सैनिकलाई पहिलो चरणमै प्रयोग नगर्न वातावरण तयार पार्न सरकारसँग कूटनीतिक पहलको माग गरेकी छन्।
उनले भारत–पाकिस्तानबीच द्वन्द्व चर्किन सक्ने संकेत भइरहेका बेला गोरखा सैनिकलाई सुरुवाती मोर्चामै पठाउने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरिन्।
सांसद तामाङले यस्तो संवेदनशील परिस्थितिमा त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षाबारे समेत सरकार गम्भीर हुनुपर्ने बताउँदै त्यसप्रति सचेत रहन आग्रह गरिन्।
उनको भनाइमा, द्वन्द्व उत्पन्न हुने स्थिति आएमा नेपाली नागरिक र गोरखा सैनिकको ज्यान जोखिममा पर्ने भएकाले सरकार तुरुन्त कूटनीतिक माध्यमबाट आवश्यक पहल गर्नुपर्छ।
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया