काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले युद्धको अवस्थामा इस्लामाबादले भारतका सर्वसाधारण नागरिकमाथि होइन, केवल सैन्य संरचनामाथि मात्रै लक्षित आक्रमण गर्ने स्पष्ट पारेका छन्। अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै पाकिस्तानले सम्भावित संघर्षलाई सैन्य अड्डासम्म सीमित राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार सीएनएनसँगको अन्तर्वार्तामा बोल्दै मन्त्री आसिफले भारतीय सेनाका पाँचवटा लडाकु विमान खसालिएको दाबीसमेत गरेका छन्। उनका अनुसार उक्त घटनाको पुष्टि हुने दृश्य सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक भइसकेको छ।

advertisement

“पाकिस्तान युद्धबाट बच्न चाहन्छ, तर यदि युद्ध थोपारियो भने हामी पूर्ण रूपमा तयार छौं,” रक्षामन्त्री आसिफले भने, “हामी कहिल्यै युद्धको सुरुआत गर्दैनौं, तर आवश्यक परेमा दृढतापूर्वक जवाफ दिनेछौं। भारतले तनाव कम गर्ने प्रयास गर्‍यो भने, पाकिस्तान त्यसका लागि तयार छ।”

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com