काठमाडौं । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले इजरायली प्रविधिको ड्रोन प्रयोग गरी पाकिस्तानमा आक्रमण गरेको गम्भीर आरोप लगाएका छन्। उनका अनुसार, बिहीबार लाहोरमा भएको ड्रोन आक्रमणमा चार जना पाकिस्तानी सैनिक घाइते भएका छन् भने मियानो क्षेत्रमा एक जनाको मृत्यु भएको छ।

उनले जानकारी दिएअनुसार, लाहोर, गुजरानवाला, चकवाल, रावलपिंडी, मियानो, चोर र कराँची लगायतका क्षेत्रमा ड्रोन आक्रमण भएका थिए। तीमध्ये पाकिस्तानले कम्तीमा १२ वटा भारतीय ड्रोन खसाल्न सफल भएको दाबी गर्दै प्रवक्ता चौधरीले एउटा ड्रोनले भने क्षति पुर्‍याएको स्वीकार गरे। यो घटनापछि चौधरीले तीन दिनभित्र तेस्रो पटक पत्रकार सम्मेलन गरेका हुन्।

advertisement

यता, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतमा रहेका केवल सैन्य ठेगानाहरूलाई लक्षित गरेरै जवाफी कारबाही गरिएको बताएका छन्। उनले सम्भावित युद्धको अवस्था आएमा पाकिस्तानले अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गर्ने र सैन्य द्वन्द्वलाई मात्र सीमित राख्ने प्रतिवद्धता जनाए।

बुधबार संसद्मा सम्बोधन गरेपछि प्रधानमन्त्री शाहबाज शरीफले टेलिभिजनमार्फत जनतालाई सम्वोधन गर्दै भने, “हामी आफ्नो देशको रक्षाका लागि अन्तिम साससम्म लड्नेछौं।” उनले थपे, “भारतले हाम्रा सैनिकको रगतको हरेक थोपा तिरुपत्र गर्नुपर्नेछ। पाकिस्तान कसरी कठोर जवाफ दिन्छ भन्ने प्रमाणित गरिसकेको छ।”

प्रधानमन्त्री शरीफले देशका सुरक्षाकर्मीलाई सलाम गर्दै, सम्पूर्ण राष्ट्र उनीहरूको बहादुरी र बलिदानमा गर्व गर्ने बताए। उनले दुई चरणमा राष्ट्रलाई सम्बोधन गरेका थिए—पहिलो संसदमा र दोस्रो सार्वजनिक माध्यम टेलिभिजनमार्फत।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com