काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि थप एक आपराधिक अभियोग लगाइएको छ।

चैत १५ गते तीनकुनेमा भएको घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको अपराध र संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएको थियो। यस्तै मुद्दामा थुनामा रहेका मिश्रमाथि अब आपराधिक उपद्रव सम्बन्धी अभियोग समेत थपिएको छ।

advertisement

नयाँ मुद्दा दायर भएकोप्रति गम्भीर आपत्ति जनाउँदै मिश्रले आफूलाई बारम्बार “राज्यद्वारा कालो टिका” लगाइएको टिप्पणी गरेका छन्। बिहीबार जिल्ला अदालत, काठमाडौंमा म्याद थपका लागि उपस्थित गराइएका मिश्रले न्यायाधीशसमक्ष भावुक अभिव्यक्ति दिएका थिए।

उनले भने, “आज ४२ औं दिन, राज्यले फेरि मेरो निधारमा तेस्रो कालो टिका लगाएको छ। ४१ दिनसम्म राज्यविरुद्धको अपराध र संगठित अपराधको टिका बोकेर हिँडिरहेको थिएँ। अब फेरि आपराधिक उपद्रवको अर्को टिका थपिएको छ। त्यो टिका पुछ्ने अधिकार, निष्ठा यही अदालत र बेञ्चमा हुन्छ भन्ने विश्वासमा केही कुरा राख्न चाहन्छु।”

अदालतमा उनले राखेको भनाइले राजनीतिक अभियोजनप्रति संकेत गरेको देखिन्छ। मिश्रको यो अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा थप बहस हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com