काठमाडौं । भारतमा सुरक्षा सतर्कता कडा बनाउँदै २४ वटा विमानस्थलहरू नागरिक उडानका लागि अस्थायी रूपमा बन्द गरिएको छ। बीबीसीको रिपोर्टअनुसार, पञ्जाब, जम्मू-कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका ती विमानस्थलहरूमा एयर मार्शलहरू तैनाथ गरिएको छ।

भारतको नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले देशभरका सम्पूर्ण विमानस्थल र एयरलाइन्सहरूलाई सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिएको छ। सो निर्देशनअनुसार सबै विमानस्थलमा यात्रुहरूको कडाइका साथ जाँच हुनेछ भने टर्मिनल भवनभित्र आगन्तुकको प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ।

advertisement

बीसीएएसले विशेष सुरक्षा व्यवस्थाको रूपमा एयर मार्शल तैनाथ गर्ने आदेशसमेत दिएको छ। यसैबीच, एयर इन्डियाले यात्रुहरूलाई उडानभन्दा कम्तीमा तीन घण्टा अगाडि विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ। साथै, अब चेक–इन सेवा उडानभन्दा ७५ मिनेट अगाडि नै बन्द हुनेछ।

सुरक्षा सतर्कता बढाइएकाले यात्रुहरूले अतिरिक्त समयको व्यवस्थापन गर्न र विमानस्थलमा निर्धारित समयमै पुग्न एयरलाइन्सहरूले अनुरोध गरेका छन्।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com