काठमाडौं । जम्मु-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह आज बिहान जम्मु प्रस्थान गरेका छन्।
मुख्यमन्त्री अब्दुल्लाहले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत आफू जम्मु जान लागेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, “हिजो राति जम्मु सहर र अन्य क्षेत्रमा पाकिस्तानी ड्रोन आक्रमण प्रयास विफल पारिएको घटनापछि अवस्थाको अवलोकन गर्न म अहिले जम्मु जाँदैछु।”
भारतले बिहीबार राति पाकिस्तानबाट जम्मु, पठानकोट र उधमपुरका सैनिक स्टेसनहरूमा ड्रोनमार्फत आक्रमण प्रयास गरिएको दाबी गरेको छ। भारतीय पक्षले ती सबै आक्रमणहरू विफल बनाएको जनाएको छ।
तर पाकिस्तानका रक्षामन्त्रीले भने भारतको उक्त दाबी अस्वीकार गरेका छन्।
यो घटनापछि दुई देशबीचको तनाव पुनः चुलिने संकेत देखिएको छ।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया