काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डीपी अर्यालले वर्तमान प्रदेश संरचना देशको आर्थिक भारले धान्न नसक्ने स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हालको प्रदेश व्यवस्था संशोधन आवश्यक रहेको तर्क गरे।

अर्यालले स्थानीय तहलाई सशक्त बनाउने नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै भने, “जनताले सबैभन्दा बढी सुशासनको अपेक्षा गरेका छन्। नेपाली जनता भोक सहन सक्छन्, तर अन्याय र बेथिति कहिल्यै सहन सक्दैनन्।”

advertisement

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासनको उल्लेख त भए पनि त्यसलाई कार्यान्वयन कसरी गरिने भन्ने प्रष्ट नभएको बताए। उनले रास्वपाले नै सुशासनको झल्को दिएको दाबी गर्दै, “हामी सुशासनको अभियानमा लागिरहेका छौं, तर त्यसकै कारण हामीमाथि राजनीतिक प्रतिशोध लिइएको छ,” भने।

कार्यबाहक सभापति अर्यालले २०८४ सालबाट पार्टीले क्रान्तिकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com