काठमाडौं । पाकिस्तान र भारतबीच सैन्य तनाव चुलिँदै गएको छ। भारतले पाकिस्तानका तीन वायुसेना केन्द्रहरूमा आक्रमण गरेपछि त्यसको जवाफस्वरूप पाकिस्तानी सेनाले भारतीय सैन्य ठाँउहरूमा हवाई आक्रमण थालेको घोषणा गरेको छ।
पाकिस्तानी सेनाले भारतमाथि हावाबाट जमिनमा प्रहार गर्ने क्षमतायुक्त युद्ध विमानमार्फत मिसाइल आक्रमण गरेको दाबी गरेको छ। पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले आफ्नो वायुसीमा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। प्राधिकरणका अनुसार शनिबार बिहान ३:१५ बजेदेखि दिउँसो १२ बजेसम्म वायुसीमा पूर्ण रूपमा बन्द गरिएको छ।
दुवै देशबीचको यो तनावले दक्षिण एशियाली क्षेत्रमै गम्भीर सुरक्षाजन्य चासो उत्पन्न गराएको छ।
प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार













प्रतिक्रिया