काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले लोडसेडिङले दैनिक पानी वितरणमा अवरोध पारेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले खानेपानीको आपूर्ति बिजुलीसँग जोडिने भएकाले दैनिक हुने लोडसेडिङले पानी वितरणमा समस्या भएको बताए।

advertisement

दैनिक रूपमा पानीको वितरण भएन भने प्राधिकरणका कार्यकारी निर्देशक शाक्य र प्रधानमन्त्री ओलीलाई दोष दिनु भन्दै मेयर राईले लेखेका छन्, ‘खानेपानीको आपूर्ति बिजुलीसँग जोडिएको छ! अब दैनिक बिजुली लोडसेडिङका कारण पम्प चलाउन गाह्रो हुँदा पानीको वितरण भएन भने हितेन्द्र अनि केपी ओलीलाई दोष्नु मलाई होइन! खबरदार… तिमेरुको माथिको नेतालाई दोष्नु!’

प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com