काठमाडौं । हुलाकी सडक निर्माण अलपत्र परेको भनेर संसद्मा विषय उठेको छ । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले यो विषयमा के भएको हो भनेर सरकारलाई सोधेका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले, ‘हुलाकी राजमार्ग कहिले बन्छ ?’
सरकारले बजेट सुनिश्चितता गर्दा यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । सरकारले हुलाकी राजमार्गलाई प्राथमिकतामा नराख्न खोजेको आफ्नो जानकारीमा रहेको उल्लेख गर्दै उनले त्यसो नगर्न सुझाए ।
हुलाकी सडक निर्माण कार्य अहिले अलपत्र परेको छ र सांसदहरूले यसलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन्।
सांसद प्रभु साहले संसद्मा हुलाकी राजमार्गको निर्माण कहिले पूरा हुने भनेर सोधेका छन्।
सरकारले बजेट सुनिश्चितता गर्दा यसलाई प्राथमिकता दिनुपर्ने सांसदहरूको सुझाव छ।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार













प्रतिक्रिया