काठमाडौं । काठमाडौं महानगरपालिका–२८ स्थित मखन टोलमा भएको भीषण आगलागीमा एक महिलाको मृत्यु भएको छ।
सुरज आर्केड पछाडि अवस्थित दयाराम श्रेष्ठको घरमा आगलागी भएको हो। आगलागीका कारण एक महिलाको ज्यान गएको काठमाडौं प्रहरी प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन्। हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन।
आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा महानगर प्रहरी खटिएका छन्। दमकलको सहायतामा आगो निभाउने प्रयास जारी छ।
आगलागीको कारण खुल्न नसके पनि घटनास्थलमा सुरक्षाकर्मी र उद्धार टोली परिचालित छन्। आगलागीबाट कति धनमालको क्षति भएको छ भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार













प्रतिक्रिया