काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले राज्यका सबै निकायमा सत्ताका दलहरूबीच लाजमर्दो ढंगले भागबण्डा चलिरहेको कटाक्ष गरेकी छन्।

बुधवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै सांसद कार्कीले न्यायालयदेखि बैंकसम्म मेरिटको होइन, भागबण्डाको संस्कृति हावी भएको आरोप लगाइन्।

advertisement

“न्यायालय, विश्वविद्यालय, प्रहरी, संवैधानिक अंग, राजदूत, राष्ट्र बैंक—कुनै पनि स्थानमा योग्यताको कदर छैन। यस्तो अवस्थामा नीति कार्यक्रममाथि आदर्शका मिठा कुरा गरेर छलफल गर्नुको के अर्थ?” उनले जिज्ञासा जनाइन्।

सांसद कार्कीले हरेक वर्ष कृषि, ऊर्जा, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने प्रतिवद्धता दोहोरिने तर कार्यान्वयनको नाममा शून्य परिणाम आउने अवस्था कायम रहेको औंल्याइन्।

त्यस्तै, उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरू सानातिना रोगको उपचारका लागि समेत विदेश जाने प्रवृत्ति बढ्दै गएकोप्रति आपत्ति जनाउँदै यसलाई रोक्न स्पष्ट नीति ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com